कौण्डिन्य गोत्रीय आचार्य समाज इटहरी सुनसरीले आफ्ना पुर्खाहरुको गौरवशाली इतिहास, मूल थलो, पुस्ता क्रम र देश-विदेशमा फैलिएका शाखा–प्रशाखाहरुको संरक्षणका लागि विगत लामो समयदेखि निरन्तर रूपमा वंशावली पुस्तक संकलन, अध्यावधिक र प्रकाशन गर्दै आइरहेको छ।
समयको माग, प्रविधिको विकास र विश्वभर छरिएर रहेका कौण्डिन्य गोत्रीय आचार्य बन्धुहरुको सहज पहुँचका लागि अब हामी पूर्ण रूपमा डिजिटल (Digital) युगतर्फ प्रवेश गर्दैछौं। यसै उद्देश्यका साथ प्रकाशित वंशावली पुस्तकका सम्पूर्ण विवरणहरूलाई समेटेर एक आधुनिक र सर्वसुलभ वंशावली सफ्टवेयर तयार गरिँदैछ।
